बिचार

गल्ती गरेर मान्छे बन्दै पूजा

गल्ती गरेर मान्छे बन्दै पूजा

सामाजिक सञ्जाल इन्स्टाग्राममा निन्याउरो अनुहार लगाएको एउटा फोटो सेयर गर्दै उनले लेखेकी छन्, पछिल्लो गल्तीका बारेमा त्यो मान्छेसँग कुरा नगर जो मान्छे तिमी पहाड चढ्ने कोशिस गरिरहँदा पथ्थरले हिर्काइरहेको हुन्छ ।

  • पुष्पा थपलिया

  • बुधबार, जेष्ठ ३, २०८०

  • 185
    SHARES
गल्ती गरेर मान्छे बन्दै पूजा

कुरौटेपाटी । नायिका पूजा शर्मा, केहि हप्ताको गालीबाट भर्खरै मुक्त भएकी छन् । नेपाली कलाकार भएर, आफ्नै देशका नाकनक्सा समेत थाहा नभएको भन्दै उनी तारोमा परेकी थिईन् ।

उनको गाली थेग्न, निर्देशक तथा उनका अघोषित प्रेमी सुदर्शन थापा समेत समाजिक सञ्जाल छिरेका थिए तर त्यसले केहि असर गरेको थिएन । जब गाली दिन तम्तयार जत्था अभिनेत्री तथा निर्देशक दिपा श्री निरौलातर्फ लम्कियो पूजाले चैनको स्वास फेर्न पाइन् ।

अंग्रेजी भाषामा लेखिएको उक्त क्यापसनमा उनले पहिलो हरफमा पथ्थर मार्नेसँग कुरा सेयर नगर्ने बताएकी छन् भने, अन्तिमम हरफमा आफू मानिस बन्नका लागि खराव बनिदिएको तर्क पेश गरेकी छन् ।

लामो गालीगलौजपछि अब उनी झनै उन्मुक्त शैलीमा प्रस्तुत भएकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा निन्याउरो अनुहार लगाएको एउटा फोटो सेयर गर्दै उनले लेखेकी छन्, पछिल्लो गल्तीका बारेमा त्यो मान्छेसँग कुरा नगर जो मान्छे तिमी पहाड चढ्ने कोशिस गरिरहँदा पथ्थरले हिर्काइरहेको हुन्छ ।

सबैले जीवनमा गल्ती गरिरहेका हुन्छन्, यसको मतलव यो हैन कि, यसको मुल्य चुकाउन पर्छ । कहिलेकाहीं मानिसलाई खराव बन्नै पर्छ, यसको मतलव यो हैन कि, उ खराब हो । यसको मतलव हो, उ मान्छे हो ।

अंग्रेजी भाषामा लेखिएको उक्त क्यापसनमा उनले पहिलो हरफमा पथ्थर मार्नेसँग कुरा सेयर नगर्ने बताएकी छन् भने, अन्तिमम हरफमा आफू मानिस बन्नका लागि खराव बनिदिएको तर्क पेश गरेकी छन् ।

अरुलाई सल्लाह दिएजसरी आफूलाई महान बनाइरहेको कुरा उनको त्यो पोष्टमा प्रष्ट देखिन्छ । आफै दुई कक्षाको बच्चालाई आउने कुरा पनि भन्न नसक्ने अनि आफै महान ब्यक्ति जसरी अरुलाई लेक्चर पनि दिने, यो त भएन ।

 

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology