लुम्बिनी प्रदेशकाे कचिङ्गल

दुई सांसदले साथ छाेड्दा स‌ङ्कटमा शङ्कर

दुई सांसदले साथ छाेड्दा स‌ङ्कटमा शङ्कर

विजयी सूर्य चिन्हबाट साथ माओवादीलाइ !

  • Kurautepati

  • शनिबार, माघ १७, २०७७

  • 396
    SHARES
दुई सांसदले साथ छाेड्दा स‌ङ्कटमा शङ्कर

१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् । कपिलवस्तु–२ (ख) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (ख) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेका हुन् ।

सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका छन् । धर्मबहादुर कपिलबस्तु २ (ख) र अजय पश्चिम नवलपरासी (ख)बाट निर्वाचित भएका थिए ।

शाहीले सूर्य चुनाव चिन्हबाट चुनाव लडेपनि आफूहरु एमाले नभएको उनले बताए । ‘हामी सूर्य चिन्हबाट निर्वाचित भएपनि दुई बुँदे सहमति गरेका छौं । त्यस आधारमा हामी स्वतन्त्र हौं’ शाहीले अनलाइनखबरसँग भने, ‘सांसदबाट राजीनामा दिन्नँ । कारबाही प्रक्रिया अगाडि बढेमा अदालत जान्छौं ।’

हृदयेश त्रिपाठी र विजेशकुमार गुप्ता प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा शाही र श्रीवास्तवले लुम्बिनीमा प्रदेश सांसद जितेका थिए । त्यसबेला वाम गठबन्धनसँग स्वतन्त्र राजनीतिक समूहका रुपमा सूर्य चिन्हबाट चुनाव लडेका थिए ।


सम्बन्धित समाचार
       © 2022 - 2023 to Kurautepati ,  All Rights Reserved.  Crafted by Bitcraft Technology