हात्तिछापमा सौगातको ‘बोत्तल राजा’ लुक्स

हात्तिछापमा सौगातको ‘बोत्तल राजा’ लुक्स

  • कुरौटेपाटी

  • आइतवार, भदौ ३१, २०८०

  • 13
    SHARES
हात्तिछापमा सौगातको ‘बोत्तल राजा’ लुक्स

काठमाडौं । चरित्र अनुसार हुलिया बदल्न सिपालु सौगात मल्लको नयाँ फिल्म हात्तिछापको फस्टलुक सार्वजनिक भएको छ ।

‘बोत्तल राजा’ नामको पात्र परिचय सहित उनको चरित्रको फस्टलुक सार्वजनिक भएको हो । पोष्टरमा सौगातको ‘डन’ वाला रुप देख्न सकिन्छ । निश्चल बस्नेतले निर्देशन गरेको ‘लुट’ फिल्मपछि उनलाई यस्ता चरित्रमा धेरै देखिइरहेको हो । यो फिल्ममा उनले कस्तो चरित्र निर्वाह गर्ने हो भन्ने कौतुहलता पोष्टरले बढाएको छ ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्म ‘हात्तीछाप’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्म माघको २६ गतेबाट रिलिज हुने पक्का भएको छ । प्रस्तुतकर्ता नेपालीले वितरकसँग सल्लाहा गरेर माघको २६ गतेलाई प्रदर्शन मिति रोजेको जानकारी दिए ।

प्रदीप भारद्धाजको लेखनमा तयार भएको यो फिल्ममा सौगातको साथमा दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्दि तामाङ, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल लगायतका कलाकारको अभिनय छ ।

तर, फिल्मको पहिलो फस्टलुकमा भने निर्माणपक्षले सौगातलाई मात्र स्थान दिएको छ ।

यो फिल्ममा सुशन प्रजापतिको छायांकन छ । काठमाडौं र पोखरामा खिचिएको फिल्मले सामाजिक कथालाई कमेडीको शैलीमा प्रस्तुत गरेको छ । यो फिल्ममा राजिव गुरुङ, पुष्कर गुरुङ र अमलादेवी राइको लगानी छ । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

यो फिल्ममा आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, आरआर फिल्मस्को वितरण रहनेछ ।


सम्बन्धित समाचार
       © 2022 - 2023 to Kurautepati ,  All Rights Reserved.  Crafted by Bitcraft Technology