ममता र मानव सेवा एक अर्काका परिपुरक

ममता र मानव सेवा एक अर्काका परिपुरक

  • Kurautepati

  • शनिबार, भदौ १६, २०८०

  • 24
    SHARES
ममता र मानव सेवा एक अर्काका परिपुरक
कार्यक्रममा नेपालको चर्या र कुमारी नृत्य गर्दै ।

कुरौटेपाटी ।  काठमाडौं कलिंग साहित्य महोत्सवको दोस्रो दिन, ममता र मानव सेवा बिषयमा अन्तक्रिया भएको छ । महिला र बालबालिकाका बिभिन्न आयामहरुबारे अन्तक्रियामा छलफल भएको हो ।

अन्तक्रियामा बोल्दै शक्ति समुहकी संस्थापक अध्यक्ष चरिमाया तामाङले मानव र सेवा मानिसले जन्मजातै लिएर आएको स्मरण गर्दै, बिभिन्न देशमा देह ब्यापारका लागि बेचिएका महिला तथा बालबालिका उद्धार गर्दाको क्षण स्मरण गरिन् । भनिन्, हामीलाई सन् १९९६ मा भारतका बिभिन्न देह ब्यापार गर्ने कोठीबाट उद्धार त गरियो तर हाम्रो बिजोग भयो ।

उद्धार गरिएका मध्ये भारत र बंगलादेशमा महिलाहरु तुरुन्तै उनिहरुको देशले लग्यो तर नेपालका २६८ जना महिलाको बिचल्ली भयो । ६ महिनासम्म ओछ्यान नदेखेको बताउँदै उनले भनिन्, कपडा समेत ६ महिना सम्म एउटा मात्रै लगाइयो ।

नेपालमा नागरिकता नबनेका कारण अर्को समस्या थपिएको उनको भनाई छ । नेपाली भाषा बोल्दैमा नेपाली हुँदैन भनेर देशले नागरिक मान्न इन्कार गरेको उनले बताइन् । बिगत सम्झँदै उनले भनिन्, नेपालका उच्च ओहोदाका मानिसहरुले यिनीहरु बिग्रीएका मानिसहरु हुन्, एड्सका पोकाहरु हुन्, यिनीहरुलाई नेपाल लगे एड्को डम्पिङ साइट बङन्छ सम्मका धारणा आफुहरुबारे राखिएको तामाङको भनाई छ ।

त्यस्तै, पवित्र नेपालकी संस्थापक दिक्षा चापागाईले मानव सेवा र ममतालाई दुई आँखाको नानी मानेको बताइन् । आमाको कोखबाट ममता सुरु हुने भन्दै उनले आफु अहिले धेरै मानिसको आमा बन्न पाउँदा खुशी लागेको बताइन् ।

जन्म नदिएपनि आमाको ममता दिन पाउँदा भाग्यमानी ठानेको उनि बताउँछिन् । आमाबुबा सानैमा गुमाएका बालबालिकाको आमा अर्को जुनीमा पनि बन्न पाउँ भन्ने कामना गरिन् ।

त्यस्तै, रक्षा नेपालकी संस्थापक मेनुका थापाले ममता र मानव सेवा एक अर्काको परिपुरक रहेको बताइन् । उनले भनिन्, हामी पनि यहि समाजको उपज हो । कमी कमजोरी सबैसँग छ । तर समाज सेवालाई यहि समाजले नै समस्या पारिरहेको छ ।

कुपण्डोलमा रहेको हिमालय होटलमा जारी महोत्सव आइतबारसम्म जारी रहन्छ । रहन्छ ।


सम्बन्धित समाचार
       © 2022 - 2023 to Kurautepati ,  All Rights Reserved.  Crafted by Bitcraft Technology