साहित्य

काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण आजबाट सुरु

काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण आजबाट सुरु

  • कुरौटेपाटी

  • शुक्रबार, भदौ १५, २०८०

  • 24
    SHARES
काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण आजबाट सुरु
कार्यक्रममा नेपालको चर्या र कुमारी नृत्य गर्दै ।

कुरौटेपाटी ।  काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण आजबाट सुरु भएको छ ।

तीन दिनसम्म चल्ने महोत्सव परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा उद्घाqटन भएको हो । महोत्सवमा उपस्थित दक्षिण एसियाका लेखक, साहित्यकार तथा कलाप्रेमीलाई परराष्ट्रमन्त्री एनपी साउदले नेपाल सरकारको तर्फबाट स्वागत गरे।

उनले स्वागत मन्तव्यमा भने, ‘यो महोत्सवले सांस्कृतिक आदानप्रदानको मञ्चका रुपमा काम गर्ने र नेपालमा भएको यो महोत्सवले यहाँको सभ्यता, ज्ञान र संस्कृतिलाई संसारभरि फौलाउन मद्दत गर्नेछ।’ उनले महोत्सवको सफलताको शुभकामना दिँदै यस्तो प्रयासहरुको खाँचोलाई औल्याए ।

कलिङ साहित्यिक महोत्सवका सस्थापक निर्देशक रश्मी रञ्जन परिदाले भारत र नेपालबीचको सांस्कृतिक आदनप्रदान कुन समयदेखि सुरु भयो भन्ने छुट्याउनै गाह्रो हुने र यो यात्रा निरन्तर चलिरहेको बताए।

अर्का वक्ता नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुुलपति निशा शर्माले यस्तो महोत्सवले साहित्यलाई धेरै स्थान दिने गरेको तर नाटकलाई भने सोही अनुरुप महत्व नदिने धारणा राखिन्। आगामी श्रृंखलामा नाटक र संगीतलाई पनि महोत्सवमा समेट्न सुझाव दिइन्।

प्राध्यापक माधव प्रसाद पोखरेलले कलिङ क्षेत्र र काठमाडौं प्रागऐतिहासिक कालदेखि नै जोडिएको र यही भूमिले स्रमाट अशोकलाई बुद्ध धर्म अर्थात् ज्ञान र शब्दतर्फ डोर्याएको बताए।

यो महोत्सव दुई देश जोड्ने मञ्चका रुपमा स्थापित हुँदै गएको चर्चा महोत्सवकी नेपाल निर्देशक रन्जना निरौला, प्रोफेसर अवधेश प्रधान, डेब्रोयलगायत वक्ताले पनि गरेका थिए। पत्रकार रुपेश श्रेष्ठले गरेको कार्यक्रममा नेपालको चर्या र कुमारी नृत्य पनि समावेश गरिएको थियो।


सम्बन्धित समाचार
       © 2022 - 2023 to Kurautepati ,  All Rights Reserved.  Crafted by Bitcraft Technology